बाफल एसिड आक्रमणका अभियुक्त जेल चलान्



काठमाडौँ। गत साउन ८ गते राजधानीको बाफल एसिड आक्रमणका अभियुक्त मोहम्मद आलम र फैयाज आलमलाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

ओखलढुंगाकी पवित्रा कार्कीमाथि साउन ८ गते एसिड प्रहार उनीहरुले एसिड प्रहार गरेका थिए। उक्त अभियोगमाथि न्यायाधीश कृष्णजंग शाहको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।

अदालतले एसिड पीडित युवतीलाई पीडित राहत कोषबाट २ लाख रुपैयाँ राहत दिन पनि आदेश दिएको छ। साउन ८ गते राति कार्कीमाथि काठमाडौँको बाफलमासँगै खाजा खान बोलाएर फर्किने क्रममा मोहम्मद आलमले आफ्ना सहयोगी फैयाज आलमलाई प्रयोग गरी एसिड आक्रमण गरेको प्रहरीको दावी छ। पवित्रा हाल कीर्तिपुर अस्पतालमा उपचाररत छन्।