‘कालो कालो बालले’ बजारमा (भिडियोसहित)



काठमाडौँ। नेपाली संगीतमा संघर्षरत गायक कमल विरहीको आवाजमा रहेको ‘कालो कालो बालले’ गीतको म्युजिक भिडियो डिजिटल बजारमा आएको छ।

दिपक बरालको शब्द तथा गायक विरहीको संगीत संयोजन गीतमा रहेको छ। गीतमा प्रेमी-प्रेमीका विचको सम्वादलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ। आफनी प्रेमीकाको यादले निरन्तर सताएका भावहरु गीतमा समावेश गरिएको छ।

सन्तोष सुनारको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा रविन शाहको कोरियोग्राफी तथा निर्देशन भिडियोमा रहेको छ। ‘कालो कालो बालले’ गीतको भिडियोमा रविन शाह, एन्जिला धिताल र विनोद श्रेष्ठको नृत्य देख्न सकिन्छ।

https://www.youtube.com/watch?v=L_kFEI3W698