काठमाडौँ। अनेरास्ववियू केन्द्रीय कमिटीले बाढी, पहिरो र डुवानजस्ता प्राकृतिक प्रकोप पीडितलाई परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिन सरकारसँग माग गरेको छ।
बिहीबार प्रेस विज्ञप्ति जारी गरेर अनेरास्ववियूले सरकारसँग यस्तो माग गरेको हो। साथै अनेरास्ववियूले बेपत्ता भएकाहरुको खोजी कार्य तीब्रताका साथ गर्न, घाइते र विस्थापितहरुलाई उपचार, राहतको काम तत्कालै अघि बढाउन अनुरोध गरेको छ।
हाल सरकारले विपतमा मृत्यु हुनेको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने गरेको छ। एकै घरका एकभन्दा बढी मृतक भएमा एक जनालाई २ लाख र अरु १ जना बराबर १ लाख रुपैयाँ राहत दिने केही दिनअघि मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो।
विज्ञप्ति