गजल
मुस्कुराउँदै मेरा यी अंगअंगमा समाएका छौँ।
सपना रैछ ब्युँझिए, आँसु बनी रसाएका छौँ।
दूध चुस्ने, भात ओकल्ने, थियो तिम्रो बानी।
सोच्दैछु प्रवासमा के खाएर अघाएका छौँ ?
तिम्रो सम्झनाले बारम्बार, रुवाईरहन्छ यता।
त्यो बिरानो ठाउँ,खाना त टन्न खाएका छौँ?
यो गाँउघर ,पाँखा र पखेरो तिम्रै पर्खाइमा छ।
दशैँतिहार नि मनाउनुछ टिकट त पाएका छौँ ?
अब अन्तिम श्वाससम्म साथ रहनेछ पारुको ।
लाग्छ मेरै निम्ति हरसंघर्षमा मन लगाएका छौँ।
पार्वती अधिकारी (पारु)
बुढानिलकण्ठ, काठमाडौँ