मानव बेचबिखनविरुद्धमा विगत २४ वर्षदेखि नै यो क्षत्रेमा क्रियाशिल रहँदै गर्दा थुप्रै अनुभवहरु संगाल्ने मौका पाएकी छु। त्यहि अनुभवमाचारै तिरको विश्लेषण गर्ने जमर्को गरेकी छु र मलाई आशा छ मानव बेचबिखनको भित्रिमर्मलाई स्पष्ट दर्साउने छ भन्ने विश्वाससमेत मैले लिएकी छु।
म सुनिता दनुवार दैलेख जिल्लामा जन्मभई ५ वर्षको उमेरमा मेरो सम्पूर्ण परिवार भारतमाबसाई सराई गरी जम्बुकस्मीरमा बसोबास गरेका थियौं। त्यहि बस्ने क्रममा १४ वर्षको उमेरमा मुम्बैइमा बेचबिखनमा परेकी थिए। ६ महिनाको मेरो संघर्षपछि सन् १९९६ सालमा उद्धार भए र मैले पुन दोस्रो जन्म पाएकी थिए। म लगायत थुप्रै किशारी तथा बालिकामाथि भएको अन्याय र अत्याचारकोविरुद्धमा निरन्तर संर्घष गर्नेे अठोट र संकल्प गरेकी थिए। जसकाे फलस्वरुप आज मानव बेचबिखनविरुद्धमा विगत २४ वर्षदेखि क्रियाशिल छु।
सन् १९९६ सालमा मुम्बैका कोठीहरुमा महाराष्ट्रप्रहरीद्वारा छापा मारी ५०० भन्दा बढी १८ वर्ष भन्दामुनिका बालिकाहरुलाई निकालेको थियो। जस्मा नेपाली, इन्डियन र बंगालीती मध्ये हामी २०० सयभन्दा बढी संख्यामा रहेका थियौं। हामीलाई त्यहाँको सरकारी होममा राखिएको थियो र त्यहाँको व्यवहार भनेको कोठीको भन्दा कम थिएन। खाना दिदाफालेर दिने, अप शब्दबाट गाली गर्ने र विरामी भएकालाई अस्पताल नलैजाने, ओर्डने ओछ्याउने समेत थिएन।
त्यस बेलाको तत्कालीन नेपाल सरकारले हामीलाई नेपाल ल्याउन मानेको थिएन र उल्टै हामीलाई प्रश्नमाथि प्रश्न गरेको थियो। किउनीहरु नेपाली हुन्भन्ने के छ प्रमाण ? के उनीहरुसँग नागरीकता छ ? नेपाली बोल्दैमा नेपाली हुन् भन्न मिल्दैनसमेत भनेर आफ्नो जिमेवारीबाट पन्छीएको थियो। त्यस्तै मानसिक यातानाका साथ हामी ६ महिनासम्म त्यहाँ बस्न बाध्य भयौ। ६ महिनापछि नेपालमा कार्यरत महिलाअधिकार, मानवअधिकार, बालअधिकार र चेलिबेटी बेचबिखनविरुद्धमा कार्यरत ७ नेपाली संस्थाहरुले नेपाल सरकारलाई चुनौतिदिदै हामीलाई नेपाल ल्याउन सफल भए।
नेपालमा आएपछि हामीलाई यो समाजले, यहाँका सञ्चार र अस्पतालले गरेको विभेदको सामना गर्नु परेको थियो। मलगायत म जस्तो किशोरी तथा बालिकाहरुको अधिकारको लागि म लड्नुपर्छ। बेचबिखनको उच्चजोखिममा रहेकालाई रोकथाम गर्नुपर्छ र जो बेचबिखनमा परेका छन्उनीहरुले मैले जस्तो दुःख भोग्न नपरोस। उद्धार पश्चात ससम्मानका साथआफ्नो जन्मभूमि आउन पाउने वातावरण सृजनागर्नु पर्छ भन्ने उदेश्यले सन् १९९६ देखि यो क्षेत्रमा निरन्तर लागेकी छु।
अहिलेसम्म सयौं बेचबिखनबाट प्रभावितहरुलाई उद्धार गरी सकेकी छु भने हजारौंलाई बेचबिखन हुनबाट जोगाएको छु। त्यसै क्रममा दलालको मान्छेहरुले सुनिता दनुवारको कहिले घर खोज्ने त कहिले कार्यालय खोज्दै आउने, फोनबाटसमेत कहाँआएर मारम भन्ने धम्कीहरु दिनेसमेत गरेका छन्। द्वन्द्वकालमा नेपाल आर्मिले माओवादी भनेर २ घण्टासम्म थुनेको थियो। देशमाकुनै पनि महामारी र आर्थिक रुपमा संकटको सिर्जना हुन्छ।
त्यति बेलामा मानव बेचबिखनको उच्चजोखिम बढ्नुका साथै अन्यप्रकारका अपराधिक घटनाहरुसमेत घट्ने गरेका छन्। उदाहरणका लागि माओवादी द्वन्द्वमा हजारौं जनताहरु विस्तापीत भए भने लगभग १७ हजारको मृत्यु भएको थियो। त्यस्तै २०७२ बैशाख १२ गते नेपालमा महाभूकम्प गएको बेला हजारौं मानिसहरुले ज्यान गुमाएका थिए। धेरै व्यक्तिहरुको बस्ने बास र खाने गाससमेत खोसीएको थियो।
कोरोनाले आजविश्वनै आतंकितभएको छ र नेपालमा पनि कयौंको मृत्यु, हजारौको संख्यामा संक्रमितभएका छन्। चार महिनाभन्दा बढी समय लकडाउन भएको छ। कोरोना महामारीको समयमा आर्थिक रुपमासिङ्खो मुलुक नै संकटमा परेको बेलाविशेष गरि पछाडि पारिएकावर्ग (दलित, जनजाति, अपाङगताभएकाव्यक्ति, महिला र मानब बेचबिखनबाट प्रभावितहरुमा बढी यसको प्रभावमा परेका देखिन्छ। जबजब मुलुकमा संकट पर्छ। त्यसको फाइदा मानव बेचबिखन गर्ने दलालहरु र अपराध गर्ने व्यक्तिहरुले उठाउने गरेका छन्।
मानव बेचबिखन भन्ने बित्तिकै मानिसहरुको बुझाईमा महिलामात्र बेचबिखनमा पर्ने, अशक्षित, गरीवी, जनजाति, दलितहरु र त्यो पनि भारतका कोठीहरुमा मात्र बेचिन्छन् भन्ने धारण रहेको छ। अहिले मानव बेचबिखनको स्वरुपहरुमा परिवर्तन आएको छ र अहिले सिंगो मानवजाति नै बेचबिखनहुने गरेको छ। जुनसुकै वर्ग, जातिको मानिसहरु बेचबिखनहुने गरेका छन् र विश्वको जुनसुकै कुनामा पनि बेचबिखन हुने गरेको छ। बैदेशिक रोजगारको नाममा, आन्तरिक बेचबिखन, आमाबनाउने नाममा, उच्चशिक्षाको नाममा, विवाहको लागि, माग्ने बनाउन, मानवअङग झिकेरबेच्ने, घरेलु कामको लागि समेत बेचबिखनभएको छ। पहिला नेपाल स्रोत देशको रुपमा परिचितथियो भने अहिले स्रोत, पार्वन र गन्तव्यको रुपमा विकसित भएको छ।
मानव बेचखिनलाई अन्त्य गर्न नेपाल सरकारले कानुन तथा नीतिहरु निर्माण नगरेको होइन। नेपाल सरकारको सहयोगमा सामाजिक संघ संस्थाहरुले पुनस्र्थापना केन्द्रहरुसमेत सञ्चालन गरेका छन् भने मानव बेचबिखनविरुद्धमा १० वर्र्षीय राष्ट्रिय कार्ययोजनासमेत बनेको छ। कानुन तथा नीतिनियमहरु बनेका छन्, १९९६ फर्केर हेर्ने हो भने नेपाल सरकारबाट धेरै राम्रो कामहरु भएका छन्। बेचबिखनमा परेकाहरुको उद्धार, स्वदेश फिर्ती र पुनस्र्थापना गर्ने काम गरेको छ। तर, पनिअझै नेतृत्वमा रहेका प्रभावित जसले आफ्नो ज्यानको पर्बाह नगरी प्रभावितहरुको अधिकारलाई सुनिश्चित गर्दै नेपाललाई विश्वभरी पहिचान दिनेको सुरक्षा र कानून कार्यन्वयनमा प्रभावकारी भएको पाइदैन।
अहिले पनिमानब बेचबिखनको मुद्धालाई नेपाल सरकार र नेपालमा विभिन्न राजनितिक पार्टिहरुले प्रथामिकतामा राखेर काम गरेको पाइदैन जसले गर्दा बेचबिखन प्रभावितहरुको मनोबल घटेको र दलालहरुको मनोबल उच्चरुपमा बढेको पाइन्छ। विभिन्न संघ संस्थाहरुले आआफ्नै तरिकाबाट मानव बेचबिखनविरुद्धमा काम गरेका छन्। बेचबिखनमा परेकालाई उद्धार, स्वदेश फिर्ति र पुर्नस्थापना गरेका छन् साथै विभिन्न सचेतनाकार्यक्रमहरु संचालन गरेका छन्। विभिन्न सञ्जालहरुको निर्माण गरी नेपाल सरकारसंग पैरवी तथा वकालतसमेत गरेका छन्।
संघ संस्थाहरुले धेरै राम्रा काम नगरेका हैनन्, सबैले आआफ्ना ढंगले गरेका छन् सबै संघ संस्थाहरु एक जुट भएर कामगर्नु पर्छ भन्ने मान्यता छैन एक अर्काबिचमा अस्वस्थ प्रतिष्पर्धा गर्ने गरेका छन् त्यस कारण पनिमानब बेचबिखनको अन्त्यभएको छैन। प्रभावितहरुले पाउनु पर्ने सेवा सुविधाहरु जुनअधिकारको रुपमापाउनु पथ्र्यो त्यो नभएर काल्याणकारी रुपमामात्र पाउने गरेका छन्। त्यसैले बेचबिखन प्रभावितहरु अहिले पनिखुलेर अगाडि आउन सकेका छैनन्, कारण समाजको डर र आफ्नो सुरक्षा, न्यायमा पहुँचपुग्न सकेको छैन, क्षतिपूर्ति भनेको जस्तो पाउन सकेका छैनन्।
बेचबिखनबाट प्रभावितहरुले अधिकार मात्र खोज्ने तर आफ्नो कर्तव्य निर्वाह के हो भन्ने कुरा नै बिर्सने र आफ्नो क्षमता पनि बढाउन नचाहाने, केहि बेचबिखन प्रभावित र महिलाहरुले आफ्नो श्रीमान हुँदाहुँदै अर्काको श्रीमानसंग बिहे गर्ने, अर्काको श्रीमानसंग मायागर्ने र बिहे नगरी संगै बस्ने, बाहिर अरुसँग सम्बन्ध राख्ने अनि श्रीमानसँग पार्पचुके गर्ने गरेका छन्। त्यसकारणले सबै प्रभावित र महिलाहरुलाई समाजले एउटै नजरबाट हेर्ने गरेको छ।
साथै प्रभावित–प्रभावितबीचमा पनि धेरै अस्वस्थ प्रतिष्पर्धा हुने र नेतृत्वमा रहेकोलाई कसरी हुन्छ तलझार्न पाएहुने थियो भन्ने सोचकाकारण प्रभावितहरु नेतृत्वमा आउन सकेका छैनन्। उक्त प्रतिष्पर्धाका कारण अरु गैर प्रभावितहरुले फाईदासमेत लिने र प्रभावितहरुलाई एकजुट हुननदिने गरेका उदाहरणहरु पनि छन्। गैरप्रभावित कर्मचारीहरुले आफ्नो फाईदाको लागि दोहोरो भूमिका खेल्ने गरेका छन्। त्यसको बारेमा के सहि के गलतहो भन्ने कुरा नेतृत्वमा रहेका प्रभावितको छुटाउन सक्ने क्षमता विकास नभएको कारण उल्टै प्रभावितहरुलाई नै जागिरबाट निकालेको अबस्था छ।
अहिलेको आबश्यकता भनेको बेचबिखन प्रभावित, पछाडी पारिएको वर्ग र मानब बेचबिखनको उच्चजोखिममा रहेकायूवाहरुलाई कसरी नेपालमा स्वरोजगार बनाउन सकिन्छ भन्ने नै हो। यो विषयमा तिनतहमा रहेको नेपाल सरकारले सोचेर योजना ल्याउन जरुरी छ भने यो क्षेत्रमा कामगर्ने संघ संस्थाहरुलेपनि समय अनुसार आफ्नो रणनिितक योजनामा समेत परिमार्जनगर्न आवश्यक रहेको छ।
नेपालमा भएको मानब बेचबिखन विरुद्धको कानुनमा समेत परिवर्तन गर्न आबश्यक छ। नेपाल कृषिप्रधान देश भनेर विश्वभरी परिचित छ तर आजखाधान्नको लागि हामी अन्य मुलुकहरुसँग भर परेका छौं। किन अब नेपालमा आधुनिक र बिषादी रहित कृषिलाई प्रथामिकतामा नराख्ने ? यदि माथि उल्लेख गरिएको वर्गहरुलाई सिप तथा केही सहुलियत दिएर कृषि सम्बन्धि उनीहरुलाई उत्प्रेरणा दिन सकेको खण्डमा मानब बेचबिखन, मानव तस्करी तथा मानवदासताको अन्त्य हुन्छ । संघिय सरकारले पनि यस विषयमा गम्भीर भएर सोच्न अत्यन्त जरुरी छ।
यहि कुराहरुलाई मध्यनजर गर्दै २३ वर्षपछि मैले सुनिता फाउन्डेशनको स्थापनाले बेचबिखन प्रभावित, पछाडी पारिएको वर्ग र मानव बेचबिखनको उच्चजोखिममा रहेका यूवाहरुलाई कसरी नेपालमा स्वरोजगार बनाउन सकिन्छ भन्ने नै हो। अर्गानिक तथा आधुनिक कृषिमाजोड दिने रहेको छ। साथै मानव बेचबिखनको मुद्धालाई सबै राजनीतिक पार्टीहरुले मुद्धाको रुपमा समाबेश गरिनुपर्छ भन्ने रहेको छ।
(लेखक सुनिता दनुवार मानव बेचबिखनविरुद्धकी अभियान्ता हुन्)