सुर्खेत। कर्णाली प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ। साथै प्रदेश सरकारले बिहिबार सार्वजनिक विदा दिएको छ।
कर्णाली प्रदेश सरकारले भदौं ४ गते प्रदेशको स्थापना दिवस तथा सहिद दिवसका अवसरमा सार्वजनिक विदा दिएको हो। बिहिबार प्रदेका मुख्यमन्त्रीलगायत अन्य मन्त्री र निश्चित अधिकारीहरुको उपस्थितिमा प्रदेशको स्थापना दिवस मनाएको छ। मुख्यमन्त्री शाहीलगातले प्रदेश स्थापनाका आहुती दिने सहिद र देशका मुख्य चारजना सहिदहरुको तस्बिरमा माल्यार्पण गरेकाछन्।
कर्णाली प्रदेश सरकारको जेठ १२ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार भदौ ४ गते प्रदेशको स्थापना दिवस तथा सहिद दिवसका विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवत्ता तुलबहादुर खड्काले बताए।
कर्णाली प्रदेश स्थापनाका क्रममा ०७२ साउन र भदौमा सञ्चालित १३ दिने आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, गोपालसिंह रजवार, टीकाराम गौतम र जुम्लाका हरिबहादुर कुँवर सहिद भएका थिए ।
तस्बिर सौजन्यः मुख्यमन्त्रीको सचिवालय, कर्णाली प्रदेश