जुम्ला। नेपाली कांग्रेसका युवा नेता लक्ष्मण शाहीले जुम्लामा पीसीआर प्रविधिबाट कोरोना परिक्षणको दायरा बढाउन सुझाव दिएका छन्।
कर्णाली सन्देशसँगको कुराकानीमा नेता शाहीले भने, ‘विश्व महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड-१९) रोगले विश्व ग्रसित भईरहेको यस समयमा हाम्रो देशको कर्णाली प्रदेशलगायत जुम्ला जिल्लाको हिमा गाउँपालिका पनि अछुतो नरहेको यस दुःखद घडीमा मेरो ध्यानाकर्षण भएको छ।’
कोरोना नियन्त्रणका लागि सम्पूर्ण सरोकारवालहरु सक्रिय हुनुपर्ने शाहीको भनाई छ। उनले अगाडि भनेका छन्, ‘यस कठिन समयमा महामारीबाट हाम्रो जिल्लालगाएत हिमा गाउँपालिकामा संक्रमित भई उपचारको क्रममा रहनु भएका ८ जना बिरामीहरुको शीघ्रस्वास्थ्य लाभको कामनाका। साथै घर परिवार जनहरुमा धैर्यताको अपेक्षा राख्दै सम्पुर्ण क्वारेन्टाइन, जिल्लाभित्र र गाउँ पालिकामा रहेका जुम्लीलगाएत हिमाबासी आदरणीय आमाबुबा दाजुभाई दिदिबहिनीहरुमा उच्च मनोबलका साथ सचेत र सतर्कता अपनाई यो महामारीबाट बच्न र बचाउने काममा लाग्न अनुरोध गर्दछु।’
त्यस्तै शाहीले पीसीआर परिक्षणलाई फराकिलो बनाउदै जिम्मेवारीपुर्ण ढङ्गले आ-आफ्नो तह र तप्काबाट कोरोना नियन्त्रणमा सयोग गर्न आग्रह गरेका छन्। सामाजिक भावनाको विकाश गर्न र कोरोनाबाट बच्नका लागि सचेतना मुलक सन्देश प्रसारण गर्नुपर्ने नेता शाहीको भनाई छ।
साथै नेता शाहीले महामारी नियन्त्रणमा साथ दिन र सरकारका गलत कार्यमाथि प्रश्न गर्न छोड्न नहुने बताएका छन्। उनले भने, ‘संकटमा दृढतापूर्वक सरकारसँगै उभिऔं। तर, प्रश्न गर्न भने नछाडौं। आफू पनि स्वस्थ रहौं, अरुलाई पनि सजग गराऔं।’