नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता



काठमाडौँ। निर्वाचन आयोगले नेकपा (एमाले) नाममा नयाँ पार्टी दर्ता गरेको छ। गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ। त्यसयता एमाले अस्तित्वमा थिएन।

नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोपसमेत प्रचण्डसहितका नेताहरुले लगाएका थिए।

अनलाइनखबरका अनुसारनिवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो। नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन्।

पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो। कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको एक आयुक्तले बताए। उनका अनुसार नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ।