सांसद बानियाँको अश्लिल हर्कत बाहिरियो



सुर्खेत। नेकपाका केन्द्रीय सदस्य तथा संघीय सांसद मोहन बानियाँले बल्याक मेलिङ गरेको पाइएको छ।

सांसद बानियाँले परस्त्रीसंग बल्याक मेलिङ गरेको पाइएको हो। सांसद बानियाँले पदको दुरुपयोग गर्दै एक महिलाको मेसेन्जरमा अश्लिल तथा नग्न तस्बिरहरु पठाउने गरेको आरोप लागेको छ।

सांसद बानियाँको उक्त क्रियाकलापको बारेमा शान्ति शाहीले आफनो फेसबुकवालमा उक्त रहस्य उघारेकी हुन्। शाहीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छन्, ‘माननीय ज्युले आफनो पदको दुरुपयोग गर्दै दुनियाँका चेलिबेटी महिलालाई अनाबश्यक अश्लिल तस्बिर पठाई घरमा फाटो ल्याई ज्यान जाने खतरामा पुर्याउनु के जायज हो ?’

यो पनि पढ्नुहोस्

नेकपाका नेता बानियाँ भन्छन्, ‘मेरो चरित्र हत्या गर्ने काम भयो’

जुम्ला हिमा गाउँपालिका १ बस्ने शाहीले मंगलबार फेसबुकमा स्टाटस लेख्दै उक्त कुराको रहस्य उदघाटन गरेकी हुन्। उनले आफूलाइ ज्यान लिने अवस्थामा पुर्याएको समेत बताइएकी छन्।

जुम्ला हिमा गाउँपालिका ५ रुपाकोट आधारभुत बिद्यालयकी प्रअ समेत रहेकी शाहीले आफुलाई निरन्तर अनाबश्यक रुपमा मेसेन्जरमा अश्लिल तस्बिरहरु पठाउने गरेर मानशिक टर्चर दिएको बताएकी छन्। उनले त्यहि मेसेजका कारण श्रीमानको तनाब भोग्नु परेको जिकिर गरेकी छन्।

गत चैत्र ८ गते सांसद बानियलाई पारीबारीक रुपमा माफी माग्न अनुरोध गरेपनि उनले आलटाल गरेको बताएक छन्। उक्त बिषयमा सांसद बानियासंग सम्पर्क गर्दा उनले शो बिषयमा कुरा गर्न चाहेनन्। बानिया पुर्व एमालेबाट संघिय सांसद हुन्।