काठमाडौँ। राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा घिमिरेको अन्त्येष्टि गरिएको हो।
राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। यसअघि काठमाडौंको कपुरधारास्थित निवासमै पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए।
पशुपति आर्याघाटमा पुगेर पर्यटनमन्त्री योगेश भट्टराईले अन्तीम श्रद्धाञ्जली दिएका छन्। त्यस्तै प्रधानमन्त्री सेनापति पूर्णचन्द्र थापासहित प्रहरीका उच्चपदस्थहरु घिमिरेलाई श्रद्धा१जली दिन पशुपति पुगेका थिए। घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः ५५ बजे लैनचौर स्थित आफ्नो निवास निधन भएको थियो।
तस्बिर: मुकुन्द कालिकोटे