अछाम रामारोशन पहिरो: ५ जनाको शव फेला, १७ जना वेपत्ता



अछाम। जिल्लाको रामारोशन गाउँपालिका–५ स्थित कैलास खोलामा आएको बाढीले १६ घर बगाएको छ।

गाउँपालिकाको गजड बजार, मुजाबगर र सैनी बजारमा बाढीले क्षति पुर्याएको छ। बाढीले बगाउँदा पाँच जनाको शव भेटिएको छ भने १७ जना बेपत्ता बनेका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका सूचनाअधिकारी तथा इनिस्पेक्टर रमेश अवस्तिका अनुसार गापाको दर्नामा २ जना, कौलाशपुल नजिक १ जना, मंगलसेन नपाको १० चुडालमा २ जना र दर्नामा २ जनाको शव भेटिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।