काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा



काठमाडौँ। अन्ततः सरकारले काठमाडौँ उपत्यकाका तीन जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा जारी गर्ने भएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छन्।

उपत्यकमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रशासन उक्त निर्णय गर्नेमा पुगेको बुझिन्छ। आजमात्रै उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँ उपत्यकामा संक्रमितको संख्या २५ सय हाराहारी पुगिसकेको छ।