कोहलपुर। बाँकेको कोहलपुर नगरपालिकामा भदौ ५ गतेसम्म जारी निषेधाज्ञा सर्वसाधारणहरुले अवज्ञा गरेका छन्।
बाँकेमा कोरोना संक्रान्तिको संख्या बढिरहेको र कोहलपुर नगरक्षेत्रमा समेत समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै नगरपालिकाले गत साउन ३२ गतेदेखि भदौ ५ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो।
बैठकले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू तथा सवारीहरू नगरपालिका भित्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेपनि त्यति प्रभावकारी देखिएको छैन।
व्यापारीहरू आधा सटर खोलेर व्यापार गरिरहेका छन्। सडकमा मानिसहरूको भिडभाड उस्तै छ भने निजी सवारीसाधनहरू पनि निर्वाध रुपमा चलिरहेका छन्।
कोहरपुरमा मात्रै नभएर देशका हरेक जसो जिल्लामा जारी निषेधाज्ञा कडाई पूर्वक लागू गरिएको पाईंदैन। प्रशासनको उदासिनताका कारण सर्वसाधारणहरु निषेधाज्ञालाई सामान्य रुपमा लिएर सडकमा ब्यापार गरिरहेको देखिन्छन्।