१०१ वर्षीय राष्ट्रकवि घिमिरेको निधन



काठमाडौँ। मंगलबार राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ। लमजुङको पुस्तन गाउँमा विस १९७६ असोज ७ गते जन्मिएका राष्ट्रकवि घिमिरे मंगलबार साँझ करिब ६ बजे घरमै निधन भएको हो।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्थे। उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख(प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् ।