सुर्खेत। कर्णाली प्रदेशमा वितेको २४ घण्टामा ६ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन्।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट थप ६ जनामा संक्रमण पुष्टि भएको हो।
साथै मंगलबार कर्णालीमा थप ४ जना डिस्चार्ज भएका छन्। योसँग डिस्चार्ज हुनेको संख्या १९३२ पुगेको छ। प्रदेशमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने १४९ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।