म कोरोना सक्रमित !



अंग्रेजी सालको २०१९ को अन्त्य र २०२० को सुरुवातसँगै देखिएको कोरोना भाइरस २०२० को मध्य हुँदै अन्त्य तर्फ लम्कदै गर्दा विश्वका सबैजसो मुलुक यसको सँक्रमणबाट त्राहीमाम भएको अवस्थामा नेपाल पनि सोही अवस्थामा नै छ।

कोरोनाको पहिलो सँक्रमित देखिँदा लकडाउन गरेको नेपालमा करिब दश हजार सँक्रमित नागेपछि लकडाउनको अन्त्य भएको घोषणा भयो भने त्यो भन्दा केही पहिल्यै लकडाउन खुकुलो भर्इसकेको थियो।

रोगले हैन भोकले मर्न लाग्यौ सरकार भन्दै व्यापारि सहित सर्वसाधारण सडकमा निस्किएपछि खुकुलो भएको लकडाउनको अन्त्य भएको घोषणा सरकारले गरिसकेको छ।

कोरोना भय समाजमा बाहिरबाट हेर्दा खासै देखिएको त छैन। तर, आफैँ सक्रमण हुँदा त्यो भय एक साथ कैयौँ गुणाले बढ्दो रहेछ। घरपरिवार, आफूसँग सम्पर्क भएको सबै मानिससँगै मृत्यु पनि एकसाथ आँखा अगाडी देखिनै रहेछ। हुन पनि कैँयौ विरामीको उपचार गर्दागर्दै संक्रमितभइ आइसोलेसनमा बसेको डाक्टरको घरमा कोरोना संक्रमितको घर भनेर टाँस्न जाने, अझ आफ्नै घरबाट निकाला गर्ने समाज भएको ठाँउमा डरको ग्राफमाथि त पुग्ने नै भयो।

कोरोना टेस्ट गरेको चौथो दिनमा नतिजा पोजेटीभ देखियो। तर, यसबीचममा भोग्नु परेका मानशिक तनावको कुनै मुल्य र लेखा जोखा छैन। सँगै जाँच गरिएकाको नतिजा आएर आफ्नो मात्र नआउँदा हुन सक्ने सम्भाव्यताको डर र त्यो अवधिमा पनि भौतिक दुरी कायम नगरि अरुसँग सम्पर्क हुने सम्भावना पनि त्यतिकै रह्यो र सायद धेरै सँग सम्पर्क पनि भयो नै। जसले गर्दा सम्पर्कमा रहेका व्यक्तिहरुको ट्रेसिङमा समस्या हुने नै भयो।

तर, सामान्यतया मृत्युदर २ देखि ३ प्रतिशत भएको यस रोग र नेपालमा केवल ०.३५ प्रतिशतमात्र मृत्युदर भएको भएता पनि रोगको खवरले सबैमा डरको पारामिटर बढाउँदो रहेछ। कोही पनि रहरले सँक्रमित हुँदैन आफ्नो जिम्बेवारी पुरा गर्ने, कार्यालय र पारिवारिक दायित्व सँगै अरुको सेवा गर्ने क्रममानै धेरै सँक्रमण भएको छ।

सँक्रमित पछिल्लो समय प्रहरी, स्वास्थकर्मी, सरकारी कर्मचारी, पत्रकारहरुमा नै धेरै फैलिरहेको छ। यी सबै सेवा गर्ने क्षेत्रहरु हुन। आफ्नो ज्यानलार्इ जोखिममा राखेर सेवा गर्ने यिनिहरुको मनोवल बढाइराख्नु सरकारको मात्र होइन जनताको समेत उतिकै दायित्व हुन आँउछ। यसक्रममा रुशका राष्ट्रपति भ्यादिमिर पुटीनको भनाइ राख्न म उपर्युक्त मान्छु। उनले भनेका थिए, ‘शिक्षक मरे डक्टर कसरी उत्पादन हुँन्छन र डक्टर मरे आम सर्वसाधारणको उपचार कसले गर्छ।’

हामीकहाँ उपचार गर्दा गर्दा आफैँ सँक्रमित हुने डाक्टरहरुको मनोवल बढाउनेभन्दा पनि समाजमा उनीहरु नै कोरोना फैलाउने कारक तत्व हुन कि भने जसरी अफवाह फैलाइन्छ। यो कहाँको न्याय हो। यी र यस्तै कारणले गर्दा कोरोना रिपोट पोजेटीभ आएकाहरु सम्पर्क विहिन हुन पुगेका छन्। यदि म कोरोना संक्रमित भन्दा समाज वहिस्कारको डर जबसम्म रहन्छ। तवसम्म कोरोना सँक्रमित सम्पर्क विहिन भइ नै रहन्छन्। कोरोना लक्षण विहिन सँक्रमित केही नभए जस्तो गरेर समाजमा घुलमिल भइनै रहेका छन्। जुन सामाजिक तिरस्कारले निम्त्याएको डरलाग्दो पाटो हो।

यसलाइ रोक्न सकिएन भने कोरोनाको भयावह अवस्था सामना गर्नु पर्छ नै। आज म कोराना सँक्रमित भएँ तर अरुलाइ जानेर वा नजानेर नसार्ने प्रतिवद्धता व्यक्त गर्दछु भनेर जबसम्म सम्मानजनक हिसावले सार्वजनिक गर्न डर मान्नु पर्छ तब सम्म कोरोना सँक्रमण बढीनै रहन्छ। घरमै बसौँ आफू पनि सुरक्षित बनौँ अरुलाइनी सुरक्षा प्रदान गरौँ।