नेपालगन्ज मेडिकल कलेजमा कोरोनाबाट एक व्यक्तिको मृत्यु


बाँके। नेपालगन्ज मेडिकल कलेज बाँकेमा उपचाररत कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन्।

कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उनी साउन ३२ गते मेडिकल कलेजमा भर्ना भएका थिए। सोमबार दिउँसो उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो।

सोमबार नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताए। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।