‘कमान्डरदेखि मुख्यमन्त्रीसम्म’ नामक पुस्तक प्रकाशित


काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको जीवन संघर्षमा आधारित पुस्तक प्रकाशित भएको छ।

रुजु पब्लिकेशन प्रा.लि. काठमाडौँ प्रकाशक रहेको ‘कमान्डरदेखि मुख्यमन्त्रीसम्म’ नामक पुस्तकको सम्पादन/संकलनमा पत्रकार नरेश भण्डारी रहेका छन्। मुख्यमन्त्री शाहीको नाममा पुस्तक प्रकाशित हुने खबर बजारमा आएपछि केही आलोचनात्मक टिप्पणीसमेत भए/गरेका थिए।

उठेका टिप्पणीहरुलाई लिएर सम्पादक भण्डारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कर्णाली प्रदेशका मुख्यमन्त्री ज्यूको पुस्तक ‘कमान्डरदेखि मुख्यमन्त्रीसम्म’ रूजु पब्लिकेशन प्रा.लि आफैले लगानी गरेर प्रकाशन गरेको पुस्तक हो। नाफा/घाटा पनि सबै कम्पनिको नै हो।’

त्यस्तै सम्पादक भण्डारीले पुस्तकमाथी आशंका गर्नेहरुलाई कर्णाली प्रदेश सरकारबाट पैसा लिएको प्रमाण लिएर आउन चुनाैती दिएका छन्। ‘यदि यो पुस्तक प्रकाशनका लागि कर्णाली सरकारबाट पैसा लिएको प्रमाण लिएर आउनेलाई एक लाख रूपैया पुरस्कार ब्यवस्था। उनले लेखेका छन्।’

पुस्कतको शीर्षकअनुसार जनयुद्धको कमान्डरदेखि मुख्यमन्त्रीसम्मको जीवन संघर्ष समेटिएको अनुमान गर्न सकिन्छ। उक्त पुस्तक आधिकारिक रुपमा बजारमा आइपुगेको भने छैन।