ट्रम्पका ७२ वर्षीय भाई रोवर्टको निधन


काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ७२ वर्षीय भाई रोबर्ट ट्रम्पको निधन भएको छ।

न्यूयोर्कस्थित अस्पतालमा उपचारको क्रममा रोबर्टको निधन भएको हो। यसको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले दिएका छन्। राष्ट्रपति ट्रम्प शनिबार मात्रै आफ्नो भाइलाई भेट्न अस्पताल गएका थिए।

एक बयान जारी गर्दै ट्रम्पले भनेका छन्, ‘गह्रुंगो मनका साथ म तपाईंलाई यो जानकारी दिँदै छु कि मेरो भाइ रोबर्ट ट्रम्पले गएराति अन्तिम सास लियो। ऊ मेरो भाइमात्र थिएन, मेरो राम्रो साथी पनि थियो। उसको याद सधैं मेरो हृदयमा रहने छ।’

रोबर्ट राष्ट्रपति ट्रम्पभन्दा दुई वर्ष कान्छा थिए र उनी रियल स्टेटको कारोबारी थिए।