नेकपा विप्लव डोटीका कृष्ण बोहरा पक्राउ


डोटी। नेपाल कम्युनिस्ट पार्टी (विप्लव) डोटीका जिल्ला कमिटी सदस्य कृष्ण बोहरा पक्राउ परेका छन्। शुक्रबार उनी बडीकेदार गाउँपालिका-१ बिपिनगरबाट पक्राउ परेका हुन्।

एनसेलको टावरमा आगजनी गरेको आरोपमा बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिएका छन्।