आज भारतको ७४औं स्वतन्त्रता दिवस



काठमाडौँ। गणतन्त्र भारतले आफ्नो ७४औं स्वतन्त्रता दिवस मनाएको छ। राजधानीको लैनचौर स्थित भारतीय राजदुत विनयम मोहन क्वात्रासहित असिरहरुको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता दिवस मनाएको छ।

नेपाल सरकारले जारी गरेको कोरोना रोकथाम तथा जोखिम न्युनिकरणका मापदण्डलाई पालना गर्दै ७४औं स्वतन्त्रता दिवस मनाएको दुवासले जानकारी दिएको छ। राजदुत विनय महोन क्वात्राको प्रमुखआतित्थ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

भारतीय स्वतन्त्रता संग्राम राष्ट्रिय एवं क्षेत्रीय आह्वान, उत्तेजना एवं प्रयत्नले प्रेरित, भारतीय राजनीतिक सङ्गठनहरूद्वारा सञ्चालित अहिंसावादी र सैन्यवादी आन्दोलन थियो।

जसको एक समान उद्देश्य अङ्ग्रेजी शासनलाई भारतीय उपमहाद्वीपबाट जरैसित उखेल्नु थियो।् यस आन्दोलनको शुरुवात १८५७ मा भएको सिपाही विद्रोहलाई मानिन्छ।

स्वाधीनताकोलागि हजारौं मानिसहरूले आफ्नो प्राणको बलि दिए। भारतीय राष्ट्रिय कांग्रेसले १९३० कांग्रेस अधिवेशनमा अङ्ग्रेजहरूसित पूर्ण स्वराजको माँग गरेका थिए।