गजल
हर्ष उल्लास भन्नु त एकछिन मात्रै हो।
देशैले छोडेर गएको पनि रिन मात्रै हो।
उडेको जहाज भूइमा खसेपछि लाग्यो।
आखिर मृत्युको औकात जमिन मात्रै हो।
नुनको काम त हाम्रो आँसुले गरिहाल्छ।
कर्णालीमा नपुगेको आयोडिन मात्रै हो।
मैले कयौं रात बेचैनीमा गुजारेको छु।
तिमीसँग नजर जुधेको एकदिन मात्रै हो।
यो पनि…