कर्णालीमा प्रवेश गर्न अब ‘पीसीआर रिपोर्ट’ अनिवार्य



सुर्खेत। कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमढ बढेसँगै नाकामा कडाई गर्ने भएको छ।

प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी) ले भदौ १ गतेदेखि कर्णालीमा प्रवेश गर्नहरुले पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने निर्णय गरेको छ।

समितिका अनुसार प्रदेश भित्रिने मुुख्य नाका सल्यानको कालिमाटी, काल्चे, कपूरकोट, सुर्खेतको बबई र कुइनेमा पीसीआर रिपोर्ट हेरिनेछ। पास बनाएर आएका व्यक्तिहरूले पनि पछिल्लो तीन दिनयताको पीसीआर रिपोर्ट पेश गर्नुपर्नेछ।