कोरोना अपटेडः मृत्यु ९९ र संक्रमित २५ हजार ५५१ जना


काठमाडौँ। नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ र सिरहाका १–१ तथा बाराका २ जनाको गरी ४ जनाको निधन भएको जानकारी दिएका छन्।

मन्त्रालयका अनुसार वितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा ११९ सहित देशभर ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसहित हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ।

यस्तै देशभर ७ हजार ९१३ सक्रिय संक्रमित रहेका छन्। पछिल्लो घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ।