कर्णालीमा १८ जना कोरोना संक्रमित थपिए


सुर्खेत। वितेको २४ घण्टामा कर्णाली प्रदेशको राजधानाी सुर्खेतमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णालीका अन्य जिल्लामा एउटा पनि संक्रमित नथपिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षक्षणमा जिल्लाको वीरेन्द्नगर नगरपालिकामा १७ जना र लेखबेसी नगरपालिकामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना संक्रमणको जोखिम बढेपछि वीरेन्द्रनगर नगरपालिकाले एक हप्ता बन्द हुने भएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरका सबै वडा कार्यालय र नगरपालिका मातहतका सबै कार्यालय बन्द हुनेछन्।

कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ भने ५२५ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ। उनीहरुमध्ये ९६ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ जना निको भएका छन्।