कोहलपुरको कौसिल्या अस्पतालको इमर्जेन्सी बाहेकका सेवा बन्द



बाँके। जिल्लाको कोहलपुर-११ पिपलचौतारामा रहेको कौसिल्या अस्पतालले इमर्जेन्सी बाहेक अरू सबै सेवाहरू बन्द गरेको जानकारी दिएको छ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गरेर पछिल्लो समय बाँकेमा कोरोना संक्रमण तीब्ररूपमा फैलिदै गएका कारण उक्त जोखिमलाई दृष्टिगत गर्दै अस्पताल आफ्ना सेवाहरु बन्द गरेको हो।

अस्पतालको इमर्जेन्सी सेवा बाहेक अरु सबै सेवाहरु बुधबारबाट अर्को सूचना प्रकाशित नहुँदासम्म बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ।