अन्तर्राष्ट्रिय सीमानाका आगामी भदौ अन्तीमसम्म बन्द


काठमाडौँ। सरकारले नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रि प्रवेश बिन्दु तथा सीमानाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गर्ने भएको छ।

यसअघि सरकारले साउन ३१ सम्म यो कायम हुनेगरी निर्णय गरेकोमा अहिले फेरि समय बढाएर भदौ ३१ सम्म पुर्याइएको हो। मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना र अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

स्वदेश आउनै पर्ने नेपालीको लागि भने तोकिएको प्रवेश बिन्दुबाट प्रवेश दिने र दुवानी पनि कायमै रहने छ।