जातीय विभेदविरुद्ध चेतना मुलक गीत (भिडियोसहित)



काठमाडौँ। शदियौंदेखी सामाजिक रुपमा जातीय विभेदले हालसम्म जडा गाडिरहेको अवस्था छ।

२१ औं शताब्दीसम्म आईपुग्दा पनि दलितमाथि हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्या, हिँसालगायत अन्य जघन्य अपराधहरु घटेका छन्। एक जातले अर्को जातलाई माया प्रेमगर्दा गत जेठ महिनामा रुकुमको सोतीमा नवराज बिकलगायत अन्य ६ जना युवाहरुले ज्यान गुमाउनु परेको कुरा सबैलाई थाहा नै छ।

त्यसपछि कोरोनाको विषम परिस्थीतीमा दलितहरुमाथि क्वारेनटाईनमा छुवाछुत, क्वारेनटाईनमा दलित महिलामाथि बलात्कार, दलित माथि हत्याहिँसा जस्ता जघन्य अपराध पनि घटेको कुरा ताजै छ।

लकडाउनको बेला राजु सदा, सम्भु सदा, अंगीरा प्यासी लगायत अन्यले ज्यान गुमाउनु परेको छ। अहिले नेपालमा ४० लाखभन्दा बढी दलित समुदायको जनसंख्या रहेको छ। जुन सुकै पार्टीले पनि दलितलाई चुनावमा प्रयोग गर्ने गरेको पाईन्छ।

यस गीतमा बिन्दु बिसी र प्रकाश बराईली ‘अभिब्यक्ती’ को स्वर रहेको छ। सो गीतमा पत्रकार, गीतकार एबं निर्देशक प्रकाश बराईली ‘अभिब्यक्ती’ ले शब्द लेखेका हुन् भने गायक एबं संगीतकार रमेश बिक्रम रत्नले संगीत गरेका हुन्। पत्रकार, गीतकार एबं निर्देशक प्रकाश बराईली अभिब्यक्तीको निर्देशन तथा छायांकन रहेको गीतमा रामसिंह भाटको सम्पादन, राजुरिजालको सह छायांकन रहेको छ।

उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु शिब बिक, चन्द्र शर्मा, शंकर बिसी, शिवन पोखरेल, होम धिताल, राकेश शोनी, टिका भुजेल, प्रकाश बराईली अभिब्यक्ती, ध्रुब हिमाली, निर आले मगर, राज कुमार रायमाझी, राजु रिजाल, दिपाशा बिसी, रिना थापा मगर, आशा भुसाल, अनिता बस्नेत, मैना रेश्मी मगर, बर्षा शिलवाल, उषा सुबेदी, रितु तामाङ, सोनम गुरुङ, बिन्दु बिसी, बन्दना नेपाल, आईसा राई आदीको अभिनय रहेको छ।