प्लान नेपाल र सादा नेपालद्वारा रास्कोटमा राहत वितरण


कालिकोट। प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सादा नेपाल कालिकोटको सहजिकरणमा मंगलबार रास्कोट नगरपालिकामा विपतमा परेका नागरिकहरुको लागि राहत सामाग्री बितरण गरिएको छ।

भारि वर्षासंगै यहि साउन १४ गते आएको बाढी-पहिरोमापरी ज्यान गुमाएका र घरबारबिहीन भएका पहिरो पीडितलाई रास्कोट नगरपालिकाको समन्वयमा रास्कोट नगरपालिकामा नगर प्रमुख काशिचन्द्र बराल र उप प्रमुख मिम्सरा बम, निमित कार्यकारी प्रमुख प्रभुलाल न्यौपाने, सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीको उपस्थितिमा राहत सामाग्री बितरण गरियको हो।

बाढी-पहिरोमा परेका पीडितहरुको लागि तत्काल आवश्यक पर्ने सामाग्री त्रिपाल, कम्मल, रसि, डेक्ची, थाल, कचौरा, डाडु पुनियालगाएतका सरसफाई सामाग्री मंगलबार रास्कोट नगरपालिका वडा नं १ देखि ९ सम्मका एक सय ५० जनालाई वितरण गरिएको छ।

कालिकोट जिल्लामा प्लान इन्टरनेसनलको सहयोगमा सादा नेपाल, किडाक नेपाल, हुरेन्डेक नेपालको सहजिकरणमा र रास्कोट नगरपालिका, शान्नि त्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा पाँच सयभन्दा बढी घरधुरीलाई राहत सामाग्री वितरण गरिएको छ।

सादा नेपालका कार्यकारी निर्देशक अशोकनाथ योगीले बर्खाको समयमा सबैले सजक हुनुपर्ने बताए। उनले भने, ‘यो विपतको समय हो। दुःखमा परेका नागरिकहरुको उद्धार तथा राहत उपलब्ध गराउनु सम्बन्धित निकायको कर्तव्य हो। हामी पनि यहि सहयोगका लागि कठिन यात्रा गरेर रास्कोटसम्म आएका हौं। राहत सामग्री असली पीडितले पाउन भनेरै नै यहाँसम्म आएका हौं।’

राहत वितरण कार्यक्रममा नगरप्रमुख काशीचन्द्र बरालले रास्कोट नपामा बाढीपहिरोमा परेका बस्ति र नागरिकहरुको उद्धारमा नगरसरकार जुटिरहेको बताए। उनले पहिलो चरणमा ज्यान गुमाएका,दोस्रो चरणमा घरवार विहिन भएका र तेस्रो चरणमा घर तथा बस्ति जोखिममा रहेका नागरिकहरुको लागत तयार गरिरहेको बताए।

रास्कोट नपाका वडा नं १ देखि ९ सम्मका जम्मा २५० जनाका घर बस्ति जोखिममा रहेकाले उनीहरुको व्यवस्थापनमा पनि यो सरकार जुटिरहेको बताए। राहत सामग्रीसहित सादा नेपाल रास्कोटमा पुगेकामा धन्यवाद दिए।

त्यस्तै राहत सामग्री वितरणमा सहभागि नगरपालिकाकी उप-प्रमुख बमले रास्कोटमा प्राकृतिक प्रकोपले ठूलो क्षती पुर्याएको बताइन्। उनले जोखिममा परेका नागरिकलाई नगरपालिकासँग समन्वय गरेर राहत वितरण गर्ने प्लान इन्टरनेश्नल नेपाल र सादा नेपाललाई धन्यवाद दिइएकी छन्।