कृष्णको हत्या अभियोगमा पक्राउ परेकी कल्पना पौडेल सार्वजनिक


काठमाडौँ। आइतबार राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ।

रोल्पाका कृष्णबहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। हत्यापछि चितवन पुगेकी कल्पना कलाकारसमेत रहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन्।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ। उनकी छोरी हत्या पछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो। हत्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन्। कृष्ण बोहराको हत्या अभियोगमा पक्राउ परेकी कल्पना पौडेल सार्वजनिक

काठमाडौँ। आइतबार राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ।

रोल्पाका कृष्णबहादुर बोहराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी (पौडेल) लाई प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। हत्यापछि चितवन पुगेकी कल्पना कलाकारसमेत रहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन्।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ। उनकी छोरी हत्या पछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार मृतक बिगत ८ महिनादेखि होटलमा बस्दै आएका थिए भने कल्पनाबीच फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेको थियो। हत्यापछि उनी एम्बुलेन्समार्फत् चितवन पुगेकी थिइन्।