‘६ करोड सामाजिकसेवामा खर्चिएका हेम-मायासँग एकआना जग्गा छैन’



काठमाडौँ। प्राय मानिसहरुको चाहत हुन्छ, ‘जीवनमा कमाउ, घर, घरेडी जोडौं। बैंक ब्यालेन्स जम्मा गरौं। आफन्त परिवारको हितमा खर्च गरौं।’ तर, संसारमा यस्ता पनि मान्छे हुन्छन्, जसले जीवन भरको कमाई केवल समाजसेवाको नाममा खर्च गर्छन्।

झट्ट सुन्दा यो प्रसँग अपत्यारिलो लाग्ला। तर, यो सत्य कुरा हो, यो एकादेशको कहिनी होइन। कुनै उद्योग कलकारखाना भएर होइन, ठूलो कम्पनिको सञ्चालक वा मालिक भएर पनि होइन। केवल अर्काको देशमा दिनरात परिश्रम गरेर ६ करोडभन्दा धेरै रुपैयाँ दिन दुःखीहरुको लागि खर्चीनु चानचुने कुरा होइन। जो कोहीले समाजसेवाको नाममा। यसरी जीवनभरको कमाइ खर्च गर्ने आँट पनि गर्दैनन्। मुस्किलले यस्ता मान्छे भेटिन्छन्।

जब जब नेपालमा प्राकृतिक प्रकोपले जनधनको क्षती पुर्याउछ, कोही गरिब, रोगी बिरामी, असाय र विपन्न मानिसहरुले सहयोगको याचना गरिरहेको देख्छन् त्यो बेला कटक्क मन दुखाउने एक प्रवासी नेपालीको नाम हो हेम थापा। माथि उल्लेखित प्रसँगका पात्र पनि उनै थापा हुन् भन्ने कुरा अब दुविधा रहेन।

स्व.बुबा दिर्घबहादुर थापा र आमा लक्ष्मीमाया थापाको कोखबाट पूर्वी नेपालको तेह्रथुममा २०३१ साल भदौरे झरीमा कान्छो सन्तानको रुपमा यसधर्तीमा पाइला टेकेका हुन् हेमले। दुई जना दाजु र दुई जना दिदीहरुको लालनपालन गर्न हेमका बुबालाई मुस्किल हुन्थ्यो। मिठा मसिनो खान चाँडवाड कुर्नु पथ्र्यो। नाङ्गो पैदल तेह्रथुम मोराहाङका उकाली ओराली गरेको तितो याद हेमको मानस पटलमा स्मृतिपट बनेर बसेकै छ।

गणतान्त्रिक नेपाल स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको १० वर्षे जनयुद्धका क्रममा एउटी दिदीले सहादत हुनुपर्यो। स्वयं हेमले पनि तत्कालिन माओवादी आन्दोलनका क्रममा धेरै प्रकारका दुःखहरुका पहाड चढ्नु पर्यो। विवशताका अवरोधहरु छिचोल्नु पर्यो। विगत २८ वर्षदेखि प्रवासीभूमिमा रहेर आफ्नो जीवन र जवानी बिताइरहेका हेम सुरुमा कामको सिलशिलामा इजरायल पुगेको बताउछन्।

बाबाको मृत्युमा नेपाल आउन पाएनन्

हेम नेपाल नफर्केको १७ वशन्त वितिसकेका छन्। बुबाको मृत्युमा घर आउन नपाएकोमा हेम दुखित छन्। तीन वर्ष पहिले बुबा खस्दा पनि प्राविधिक कारण उनी नेपाल आउन पाएनन्। अहिले ९९ वर्षकी आमा हुनुहुन्छ। त्यो पनि बिरामी हुुनुहुन्छ। आँखा देख्नुहुन्न। कोरोना महामारीले भनेको बेला आउजाउ गर्ने स्थिति नभएका कारण हेम थप चिन्तित छन्।

एउटा नीजि घरको ड्राभिङ काममा इजरायल पुगेका हेम उतैबाट अमेरिका हानिएका हुन्। गफिदै जाँखा उनले आफ्नो बालापनलाई यसरी सम्झे ‘मलाई यो कुरा भन्न कुनै संकोच छैन। मेरो बाल्यकाल निक्कै दुःख र अभावमा बितेको थियो। चप्पल फेर्न र मिठो खाना चाडवाड कुर्न पथ्र्यो। जनयुद्धका क्रममा तीनदिनसम्म माटो खाएर बाँचेको मान्छे पनि मै हुँ। कसैको फूलबारी पुगेर अनुमति बिना फूल नटिपेको र नियतवस कसैलाई पनि दुख नदिएको मान्छे ठान्छु।’

उनले अगाडि थपे, ‘सारै दुःखबाट हुर्केको भएर होला म आज सामाजिक सेवामा सर्मपित छु। कसैले सहयोगको याचना गर्यो भने आज पनि मेरो विगतको याद आउछ। भावुक बन्छु। कसैको आँखा रसाएको देख्न सक्दिन। मैले राम्रो खाएको दिन दुखिलाई सम्झिन्छु। राम्रो लाएको दिन अभावमा बाँचिरहेका नेपालीहरुलाई सम्झिन्छु। अमेरिका भन्दैमा पैसा टिप्न पाइदैन। यहाँ झन् गाह्रो हुन्छ। तर, आफ्नो गास काटेर पनि सहयोग गरिएको दिन पनि छ।

६ करोड ४२ लाख ९३ हजार सहयोग

हेम थापाले आजका दिनसम्म दुःखी, पीडित, अभाव र प्रकोपमा परेका नेपालीहरुलाई ६ करोड ४२ लाख ९३ हजार ९ सय ७३ रुपैयाँ आर्थिक सहयोग गरेको बताउछन्। बुबाको निधन हुनुपूर्व हेमले बुबाकै हातबाट आर्थिक सहयोग गर्दै आएका थिए। तर, बुबाको निधनपछि भने हेम—माया फाउण्डेशन नामक संस्था खडा गरेर सहयोग गर्दै आइरहेका छन्।

स्व.बुबाको पवित्र सोच, सहयोगी भावना र इमान्दारिताबाट प्रभावित बनेका हेमले आफ्नो जन्मदिन वा चाडपर्वमा गरिने खर्चसमेत सामाजिक रुपमा सहयोग गर्दै आएको बताउछन्। जिउँदोको जन्ती, मर्दाको मलामी भन्ने नेपाली उखानको चरिचार्थ खोज्ने हेमको एक कसैले दुःख पाउनु हुँदैन। दुःखमा परेका मानिसहरुलाई अरुले सक्दो सहयोग गर्नुपर्छ भन्ने भावना छ।

उनले आफ्नो गृह जिल्लामा पुल निमार्ण गर्नेदेखि वस्ती निमार्ण गर्ने काम गरेका छन्। पर्सा जिल्लाको मौमामा एक विद्यालय निमार्ण गरेका छन्। जहाँ दुई सय ५० जना विद्यार्थीले अध्ययन गर्छन। हेमले १० हजारदेखि पाँचलाखसम्म प्रतिव्यक्ति आर्थिक सहयोग गरेको स्मरण गर्छन्। सामाजिक रुपमा नाम लिन नमिल्ने सर्तमा मात्रै ९८ लाख आर्थिक सहयोग गरेको बताउछन्। एक व्यक्तिको किट्नि फेर्नको लागि १६ लाख रुपैयाँ दिएर जीवन बचाएको बताउछन्।

कुरा गर्दै जादा उनलाई यतिका आर्थिक सहयोग गर्नु भएको छ, यसको स्रोत के हो भनेर सोध्यौं ? उनले भने, ‘म २८ वर्षदेखि प्रवासमा छु। अमेरिकाको न्ययोर्कमा सातै दिन काम गर्छौं। म्याडमले स्टोर चलाउनु हुन्छ। आजसम्म कमाएको पैसाले व्यक्तिगत रुपमा कुनै घर घरेडी जोडेको छैन। मेरो साथमा विगत १५ वर्षदेखी जीवनसाथी माया थापा छन्। उनले र मैले कमाएको पैसा समाजको नाममा खर्च गर्दै आइरहेका छौं। कमाइको एक प्रतिशत आफूलाई र बाँकी सहयोग गर्दै आएका छौं।’

कुराकानी नै क्रममा हेम थापाले आफ्नो व्यक्तिगत रुपमा घर घरेडी र बैंक ब्यालेन्स नभएको बताए। उनले भने, ‘आजसम्म मेरो व्यक्तिगत खातामा पैसा छैन। खर्च र छोराछोरीको पढाई बाहेक मसँग सम्पत्ति छैन। घर किनौं, बैंक ब्यालेन्स, गरौं भन्ने भावना पनि आएन। एक आना जमिन, एक लाख रुपैयाँ हेम थापाको खातामा रहेछ भने सरकारीकरण गरियोस्।’

लकडाउनको अवधिमा मात्रै ५७ लाख सहयोग

सन् २०१९ को अन्तीममा चीनको बुहान सहरबाट कोरोना भाइरस (कोभिड-१९) ले विश्वलाई चुनौती दियो। विश्वभर कोरोनाले महामारीको रुप लिन थालेपछि नेपाल सकारले चैत ११ गतेदेखि लकडाउन गर्यो। एक सय २० दिन लामो लकडाउनको समयमा हेम थापाले ५७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको बताउछन्। पछिल्लो समयमा उनले बाढी-पहिरो पीडितलाई सहयोग गरिहेका छन्।

बिरामी, दुःखीहरु, अभरमा परेका, उपचारको लागि अस्पतालको शैयामा पुनः जीवनको भीख मागिरहेका हरुका लागि पनि उनी साहरा बनिरहेका छन्। यतिको सहयोग गर्दै आउनु भएको छ, सहि ठाउँमा पुगेको छ त ? भनेर प्रश्न गर्दा उनले भने, ‘९५ प्रतिशत ठिक ठाउँमा पुगेको छ। पाँच प्रतिशत गलत मान्छेको हातमा परेको छ।’

महिनाको ४ लाख नेपालमा पठाउछन्

हेम अमेरिका पुगेको १२ वर्ष पूरा भयो। आजका दिनसम्म कुनै पनि पार्टीको भ्रातृ संस्था वा अन्य कुनै पनि संस्थामा आवद्ध छैनन्। उनलाई राजनीतिकदेखि अन्य संस्थाले सहभागिता जनाउन र पदमा बस्न अनुरोध नगरेका भने होइनन्। तर, उनी विशुद्ध रुपमा आफ्नै परिश्रमबाट सेवा गर्ने व्यक्तिका रुपमा बाँच्न चाहन्छन्। बाहिरबाट बसेर राम्रो मान्छे र राम्रो संस्थालाई सहयोग गर्छन्। नेपालदेखि अमेरिकासम्म पुगेका नेपालीहरुका पीडा र असहजताका सारथीका रुपमा परिचत थापा दम्पतिको सम्पत्ति भनेकै समाज सेवा हो। अमेरिकामा सहजतामा परेका नेपालीहरुलाई घरघरमा पुगेर सहयोग गर्ने गरेको बताउछन्।

इन्डियामा तीन जना, नेपालमा १७ जना बालबालिकाको लालन पालनको जिम्मा लिएका हेमले मासिक ४ लाख रुपैयाँ नेपालको लागि छुट्याउनु पर्छ। म्याग्दीकी पूजा खत्रीको परिवालाई वार्षीक ३ लाख पठाउँदै आएका छन्। म्याग्दीमा ७, भक्तपुरमा ७ जना र उनको गृहजिल्ला तेह्रथुमका ४ जना बालबच्चाको लालनपालन र शिक्षादिक्षाको जिम्मेवारी लिएका छन्।

दुई आनाको मन नहुनेहरु मन्दिरको खामोमा झुण्ड्याइएको २० केजिको घण्ट बजाएर धर्म गरेको सम्झिन्छन्। तर, हेम थापाको जस्तो उदार मनले गरेको सहयोगलाई लिएर नेपालमा पत्रकारिताको नाममा नक्कलि धन्दा चलाई रहेका केही पात्रहरु उनलाई ब्यङ्यवाण हान्न श्रम मान्दैनन्। यस्ता खाले भिखमंगा प्रवृत्तिबाट भने हेम दुखित छन्। तर, आफ्नो धर्म, कर्म पूूरा गर्नेहो। गीताका अनुसार कर्म गर, फलको आशा नगर भनेझैं थापा दम्पत्ति कसैले गुणगान गाइदेयोस्, प्रचार गरिदेयोस् भन्ने पटक्कै अपेक्षा गर्दैनन्। थापा दम्पतिका एक छोरी र एक छोरा छन्।

नेपालीहरुलाई परेको असहजताका सारथी हेमदम्पतिलाई घोचेर बोल्नेहरु पनि छन्। तर, तिनीहरु अरुसँग भिखमागेर पीडितलाई आफ्नै खल्तिको दिए जसरी अपमानित पूर्ण सहयोग गर्छन्। समाजसेवीको रुपमा कहलिन्छन्। यो सत्यलाई हेमले नजिकबाट हेरिरहेका छन्। मान्छेको जीवनमा गल्ति हुन्छ र एउटा गल्तिलाई लिएर हजार गुणलाई शहिद बनाउने कुराको विरोधी हुन हेम। मिलेर समाज बस्नुपर्ने र इमान्दारपूर्वक शासकले देश चलाउनु पर्ने हेमको भनाई छ।