कुलमानलाई दोस्रो कार्यकालका लागि किन नियुक्त नगर्ने?


काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लोडसेडिङ अन्त्य गर्ने अधिकारी मात्रै होइनन्, उत्प्रेरणाका पात्र पनि हुन्।

जीवन प्रशिक्षक डा.विकाशानन्दले कुलमान र एलन मस्कोलाई एकसाथ तुलना गरेर ब्याख्या गरेका थिए। विश्वलाई आवश्यक मान्छेहरुको बयान गर्ने क्रममा योगीले कुलमानलाई नयाँ नेपालको परिकल्पनाकार र उज्यालो नेपालका ज्ञाता भएको टिप्पणी गरेका थिए। उनले कुलमानबाट नेपाली शासक वर्ग र अन्य निकायका हाकिमहरुले सिक्नुपर्ने धेरै पाठ भएको समेत दाबी गरेका थिए।

यता प्राधिकरणको जिम्मेवारीमा आउनका लागि कुलमानलाई संघर्ष र दुःख गर्नु परेपनि उज्यालो नेपाल अभियानलाई सफल बनाउँदाको खुशी सायद कम छैन। लाखौँ विद्यार्थीले लाल्टिन र मैनवत्ति बालेर पढ्ने समस्या बन्द भयो। कलकार खाना र घरायासी कामहरु निवार्ध रुपमा सञ्चालन भए।

आर्थिक रुपमा प्राधिकरण सबल बन्यो। जनतालाई राज्य भएको महसुस गरायो। विचौलियाहरुको ब्यापार चौपट बनाए। विद्युत महसुल नतिर्नेहरुको लाइन काटिदिने, जरिवाना तिराउनेदेखि जनताको सेवामा प्राधिकरणलाई समर्पित गराए। लोडसेडिङ हट्दा अरर्बौंको व्यापार र करोडौँको आम्दानी चौपट भएकाहरुको रिस पनि यतिबेला मरिसकेको छैन । इन्भर्टर, ब्याट्री, जेनेरेटर, चार्जिङ ल्याम्प, चार्जिङ सीएफएल बल्ब जस्ता सामानहरुको वार्षिक अर्बौँको व्यापार गर्दै आएकाहरुको व्यापार समेत लोडसेडिङ अन्त्य भएपछि ठप्प भयो । एलईडी बल्ब खरिदका लागि प्राधिकरणले चालेको प्रक्रियाले थप अर्बौंको व्यापार ठप्प हुने अवस्थामा पुगको थियो । त्यो रिसकै कारण भने पनि उनको कार्यकालमा क्रमभंगता चाहने व्यापारीहरुको जमात ठूलो छ ।

२०७३ भदौ २९ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ११ तहका कुलमान घिसिङलाई नियुक्त गरेको थियो। चार वर्षे कार्यकाल आगामी भदौ २९ गते सकिँदैछ। तत्कालिन प्रधानमन्त्री प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को उच्च साथ पाएका कुलमानलाई दोस्रो कार्यकालको लागि किन नियुक्ति नगर्ने ? भन्ने प्रश्नहरु उठ्न थालेका छन्।

नेताहरुले पटकपटक मन्त्री, सांसद र पदलाभ लिन हुने तर, कुलमान जस्ता इमान्दार कर्मचारीहरुले दोस्रो पटक पदमा बस्न नहुने ? भन्दै प्रश्न गरिएको पाइन्छ। भलै प्रधानमन्त्री केपी शर्मा ओली सरकारले कुलमानलाई दोहोर्याउछ या अर्को कुनै व्यक्तिलाई प्राधिकरणको जिम्मला दिन्छ। त्यो भने केही समय कुर्नै पर्ने हुन्छ। प्रभाकरले महत्व दिएका कुलमानलाई उर्जामन्त्री वर्षमान पुनले के गर्छन् ? भन्ने प्रश्न पनि अहम बनेको छ।

जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए। रसुवागढी, मध्यभोटेकोसी, सान्जेन माथिल्लो सान्जेन अघि बढाउन उनले विशेष भूमिका खेलेका थिए। तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले हस्तक्षेप गरेपछि उनलाई २०७१ साउनमा घिसिङलाई प्राधिकरणमा फिर्ता बोलाइएको थियो। २०७१ असोजमा उनी प्राधिकरणको ११औं तह अर्थात निर्देशकमा बढुवा भएका थिए। निर्देशक भएपछि उनी राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारीमा थिए।