के तपाईंलाई महरा सरको नम्बर थाहा छ ?



शीर्षक: के तपाईंलाई महरा सरको नम्बर थाहा छ ?

महरा सर
बाथरुम सिङ्गर होइनन्
महरा सर हुँदै होइन
हुरीका सन्तानलाई नचिन्ने मनुष्य

आगो आधी
उकालो आरोलो
हैरानी बेचैनी
धोका प्रेम
बादल घाम
महरा सरलाइ थाहा छ
कस्तो हुन्छ
आफैले आफैलाइ धोकावाज करार गरेको पल
कस्तो हुन्छ
अल्लारेले गुमाएको प्रेमिकाको माया

रोल्पामा कुहिरो लागेको छ
छोपिएको छ थवाङ गाउँ
भर्खरै शोकलाई शक्तिमा बदल भन्दै
बिदा भएका छ्न बर्मन बुढा
जेलाबाङ्गमा इच्छुकको सेतो सर्टमा
रगतको छिर्का बाँकी नै छ

महरा सरलाई फुर्सद छैन
उक्लिहाल्न रोल्पा

दाङमा पानी परेको छ
लोकेन्द्र बिस्ट मगरको खेतमा पाकेको
ड्रागन फुट जस्तो
महर सरलाइ रातको रानीहरुको चिन्ता पनि छैन

यसरी जिन्दगीको मोडमा उभिएर
राजनीतिक धोकाको गीत सुसेल्न
महरा सरलाइ मन्जुर छैन
महरा सर कुर्सी भुकम्प प्रकोपवाट पीडित
एउटा ताल मिलेको गीत न हुन
जो सुनिन्छन पप गीतको ड्र्मसेटको आवाज जस्तो कर्कस

किन किन अर्कोपटक महरा सरलाइ जित्नु नै छ चुनाव
चुनावले खायो बरि लै महरा सरलाइ

के तपाईंलाई महरा सरको नम्बर थाहा छ?