विद्यार्थी भर्ना र परिक्षा असोजबाट सुरु गर्ने प्रस्ताव


काठमाडौँ। कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भदौ भरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न नमिल्ने प्रस्ताव गरेको छ।

(सिसिएमसी)को आइतबार बसेको बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन आगामी असोज १ बाट गर्ने प्रस्ताव गरेको हो। यहि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गत शुक्रबार तत्काल पठपनपाठन गराउन सम्भव नभएको स्पष्ट पारेका थिए। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन असम्भव भएको स्पष्ट पारेका थिए। मन्त्री पोखरेलले बिकल्प खोज्न सरकार आन्तरिक अध्ययनमा लागेको जानकारी दिएका थिए।