सुमित्राको तीजगीत सम्झायो माईतीघर (भिडियोसहित)


काठमाडौँ। वर्ल्डकभर मिडियाको प्रस्तुती तथा सुमित्रा गौतमको तीजगीत (सम्झायो माइतीघर’ बजारमा आएको छ।

नेपाली हिन्दूनारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गौतमले उक्त गीत बजारमा ल्याएकी हुन्। उक्त गीतको म्युजिक भिडियोमा नायिका एलिना रायमाझी, सुरवीर पण्डित, विद्या कार्की, सम्झना भण्डारीलगायतका कलाकारहरुको नृत्य तथा अभिनय देख्न सकिन्छ।

दुर्योधन बस्नेतको शब्द रचना, सुरेश शाहीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतमा सुमित्रा गौतमको आवाज दिएकी छन्। तीजको बेलामा माइत जान नपाएकी चेलीका पीडाहरु गीतमा समावेश गरिएका छन्।

समीर थोकरको कोरियोग्राफी, ललित केसीको निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’ र रामसिंह भाटको संयुक्त छायांकन तथ सम्पादनमा गीतको भिडियो निर्माण भएको हो।