कालिकोटमा ४ जना कोरोना संक्रमित थपिए


कालिकोट। जिल्लाका विभिन्न स्थानीय तहमा  ४ जना कोरोना संक्रमित थपिएका छन्।

शुक्रबार कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४ जना कोरोना संक्रमित थपिएका हुन्।

कोरोना संक्रमित हुनेमा सान्नी त्रिवेणी गाउँपालिका–३० वर्षिया पुरुष, २२ वर्षिया महिला, २७ वर्षिया महिला र रास्कोट नगरपालिका २२ वर्षिया पुरुष रहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त स्वास्थ्य व्यवस्थापन डा।भीष्मप्रसाद पोखरेलले बताए।

कालिकोटमा कोरोना संक्रमितको संख्या ६७ जना रहेको त्यसमध्ये ६२ जनाले कोरोना संक्रमण निको भएर घर फर्किसकेको, हाल ३ जना महिला र २ जना पुरुषको उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका सूचना अधिकारी कटकबहादुर महतले बताए। ‘उपचाररत ५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ’ उनले भने।