कांग्रेसका युवा नेता शाहीद्धारा शैक्षिक सामग्री प्रदान


कालिकोट। नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले विपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन्।

नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभा सदस्यका उम्मेद्वार समेत रहेका शाहीले जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा न २ सेरिज्यूलाका गोरख तिरुवालाई शैक्षिक सामग्री सहयोग गरेका हुन्।

सान्नीत्रिवेणी गाँउपालिका वडा नं। २ स्थित संकर मावी सेरीज्यूलामा कक्षा १० मा अध्यायनरत बिद्यार्थी तिरुवालाई बर्षभरी पुग्ने गरी कापी कलम सहित आर्थिक सहयोग गरेका छन्। योगा तथा जेम्नेष्टिक खेलाडी समेत रहेका तिरुवालाई पढाईमा निरन्तरताका लागि आफुले व्यक्तिगत रुपमा सहयोग गरेको नेता शाहीले बताए ।

उनले भने, ‘आर्थिक अवस्था निकै कम्जोर परिवारका गोरख बहुप्रतिभाशाली बिद्यार्थी रहेछन् । उनी उनको प्रतिभालाई निखारदै पढाईलाई निरन्तरताका लागि सहयोग गरेको हुँ ।’ उनले गाँउमा लुकिर रहेका प्रतिभावान बिद्यार्थीहरुलाई थप प्रेण र उर्जा प्रदान गर्न सबैले सक्दो सहयोग गर्नुपर्ने बताए ।

नेता शाहीले आफुले दुई दुई पटक कालिकोटबाट संसदिय निर्बाचनमा पराजय भोगेपनि आफू सधै कालिकोटवासीको पीडामा साथ दिने बताएका छन। विगतदेखी नै राजनीति र सामाजिक सेवामा सक्रिय शाहीले राजनीतिक भनेकै सामाजिक सेवा भएकाले त्यस प्रति सधै लागिरहने बताए ।

कांग्रेस नेता शाहीद्धारा सहयोग गरिएका शैक्षिक सामग्रीहरु बुझ्दै गोरख तिरुवाले भने, ‘मलाई नियमित बिद्यालय जान शैक्षिक सामग्रीको अभावको समस्याले बारम्बार पीडा दिएको छ । खाली झोला महिनौँ बिद्यालय गएको छु । घरमा भनेर मैले सहजै शैक्षिक सामग्रीको लागि आवश्यक रकम पाउदिन थिए।

कसैको भारी बोकेर मैले आफ्नो खर्च व्यवस्थापन गर्नु पथ्र्यो। तर, कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले आफुलाई बर्षभरी पुग्ने शैक्षिक सामग्री सहयोग गर्नुभयो । उहाँलाई धन्यबाद दिन्छु। मैले अब एसइइसम्म ढुक्कसँग बिद्यालय जाने भँए।’ उनले आफुसँग भएको योगा सम्बन्धि ज्ञान र अन्य जेम्नेष्टिक, दौड जस्ता प्रतिभावले भबिश्यमा योगा प्रशिक्षक वा चलचित्र क्षेत्रमा लाग्ने इच्छा रहेको बताए।

शैक्षिक सामग्री सहयोग कार्यक्रममा नेपालली कांग्रेस कालिकोटका सहसचिव तथा प्रदेश सभापती दमनबहादुर शाही, नेबिसंघका कार्यबाहक अध्यक्ष जगत बिष्ट, कांग्रेस नेता बिस्नराज संज्याल, सन्तोष मल्ल लगायतको सहभागीता रहेको थियो।