प्रदेशका कानूनमन्त्री पनि कोरोना संक्रमितको ‘क्लोज कन्ट्याक्टमा’


 

काठमाडौँ। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना पुष्टि भएसँगै उनीसँग जोडिएकाहरुको चर्चा हुन थालेको छ।

मन्त्री यादव साउन १४ गते काठमाडौमा सम्पन्न प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी भएका थिए। समितिमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्रीलगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको टेस्टिङ गाइडलाइन अनुसार संक्रमितसँग सम्पर्कमा आएका व्यक्ति सम्भावित संक्रमित हुन् र उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नुपर्ने उल्लेख गरिएको छ। यस व्यवस्थाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली, संघीय गृहमन्त्री रामबहादुर थापा बादल र सातै प्रदेशका गृहमन्त्रीहरु क्लोज कन्ट्याक्टमा परेका छन्।