आमा हत्याको आरोपमा छोरा गिरफ्तार


महेन्द्रनगर। दार्चुलाको दुँहु गाउँपालिका एक बृद्धा मृत फेला परेकी छन्। वडा नम्बर ३ ब्रह्मदेवमा ८० बर्षिया नारु देबी बम घरभन्दा २० मिटर टाढा मृत फेला परेकी हुन्।

दार्चुला प्रहरीका अनुसार हत्या गरेको आशंकामा मृतक बृद्धाका छोरा ५३ बर्षीय नरबहादुर बमंलाई नियन्त्रणमा लिइएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा खटिएको छ।

कर्णाली सन्देश मानसखण्ड डटकमका अनुसार मृतकको घाटीमा निलडाम देखिएको र शरीरको अन्य भागमा कुनै घाउ नदेखिएकोले घाँटी च्यापेर हत्या गरेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी पदम बिष्टले बताए। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।