पहिलो पटक फेसबुकले डिलिट गर्‍यो ट्रम्पको स्टाटस


काठमाडौँ। फेसबुकले पहिलो पटक कोरोना भाइरस सम्बन्धि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट गरिदिएको छ।

कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो। फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो।

ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए। त्यो भिडियोमा ट्रम्पले भनेका छन् कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन्।

फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यस भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरिएको छ। यो हाम्रो नीतिको उल्लंघन हो। हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं।’ यसबारे ह्वाइट हाउसको प्रतिक्रिया भने आइसकेको छैन।