‘भौतिक जीवनमा रमाउनेहरुको उपगुटमा देश र लोकतन्त्र फस्यो’


काठमाडौँ। नेपाली कांग्रेसमा प्रभावशाली नेता डा.चन्द्र भण्डारीले भाौतिक सुविधामा रमाउनेहरुको परिवारवाद र उपगुटमा लोकतन्त्र फसेको टिप्पणी गरेका छन्।

डा. भण्डारीले प्रजातन्त्रवादी नेताहरुले पार्टीको विधान पालना नगर्ने र सरकार चलाउनेहरुले संविधानको पालना नगरेको भन्दै यस्तो टिप्पणी गरेका हुन्। सोमबार सामाजि सञ्जालमा लेखेका छन्, ‘नेपालका प्रजातन्त्रवादी नेताहरु जसले पार्टीको नेतृत्व गरेका छन्। उनीहरुले पार्टीको विधान पालना गर्दैन्न। सरकार को नेतृत्व गर्नेले संविधान पालना गर्न अफ्ट्यारो मान्दछन्।’

नेता भण्डारी राजनीतिक दल र सरकारलाई समाजले भनेका कुराहरुको व्यवास्ता गरेको आरोप लगाएका छन्। उनले अगाडि लेखेका छन्, ‘समाजले के भन्दैछ सुन्दैन्न। राजनीतिक मुल्य र मान्यताका पाठशााला बन्दछन्। भौतिक जीवनमा रमाउनेहरुको परिवार र उपगुटमा देश र लोकतन्त्र फस्यो।’