काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आइतबारबाट कार्यप्रारम्भ गरेका छन्।
आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले तदर्थ समितिका पदाधिकारीहरुलाई नियुक्तिपत्र प्रदान गरेपछि उनीहरुले कार्यप्रारम्भ गरेका हुन्।
साउन १२ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीको तत्कालीन कार्यसमिति विघटन गरी संस्थाको साधारण सदस्य मध्येबाट डाक्टर नेत्र प्रसाद तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो।
नियुक्तिपत्र प्रदान गर्दै मन्त्री गुरुङले रेडक्रसमा धेरै अनियमितता तथा आर्थिक अपचलनका उजुरीहरु परेपछी तत्कालिन कार्यसमिती भङ गर्नु परेको बताउनु भयो मन्त्री गुरुङले रेडक्रसमाभित्र बसेर गलत काम गर्नेलाई कारवाही गर्ने बताए।
उहाले संस्थाभित्र राजनीतिक खोल ओडेर समाजसेवामा लाग्ने काम नगर्न चेतावनी पनि दिए। नवगठित तदर्थ समितिले छिटै नयाँ निर्वाचित कार्यसमिति गठन गर्ने उनको विश्वास थियो।
त्यस्तै नवगठित तदर्थ समितिका अध्यक्ष डाक्टर नेत्र तिम्सिनाले मोफसलमा रेडक्रसको उपस्थिती र अवस्था अत्यन्तै नाजुक रहेको भन्दै यतिका बर्ष बितिसक्दा पनि नेत्रित्वको ध्यान नपुग्नु अत्यन्तै दुस्खदायी रहेको भन्दै मोफसलमा रेडक्रसको उपस्थितीलाई सबल बनाउने प्रतिबद्दता ब्यक्त गरे। अध्यक्ष तिम्सिनाले रेडक्रसकर्मीले आफ्नो आचरण सुधारेर समाजप्रतिको दायित्व बहन गर्नुपर्ने बताए।
यस्तै तदर्थ समितिले आइतबार नै पदभार ग्रहण गरेको छ। सो क्रममा अध्यक्ष तिम्सिनाले आगामी सातासम्ममा नयाँ समितिले आफ्नो विस्तृत कार्ययोजना बनाउने बताए। नयाँ कार्यसमितिका महानुभावहरुले रेडक्रसको आचारसंहितामा हस्ताक्षर गरेका छन्।