समाचार प्रभाव: ज्योती र कमलले गरे गीतको शीर्षक परिर्वतन



काठमाडौँ। गायिका ज्योती मगग र गायक कमल बिसी (माल्दाई’ ले आफ्ना गीतको शीर्षक परिर्वतन गरेका छन्।

कर्णाली सन्देश डटकमले साउन १७ गते शनिबार ‘यि हुन् तीजको मौलिकता ध्वस्त पार्ने कलाकारहरु’ शीर्षकको समाचार प्रकाशित गरेको थियो। आइतबार गायिका मगरको नाममा आएको ‘मुत्ने गरी हान’ बोलको गीतको ‘मैले भन्या मान’ शीर्षक परिवर्तन गरिएको छ।

त्यस्तै सन्देशका हिसावले राम्रो भएपनि शीर्षक चयनका हिसाबमा आलोचित बनेको गायक बिसीको ‘बोको’ शीर्षको गीत ‘तीज ब्याटल’ नाममा परिवर्तन गरिएको छ।

उल्लेखित दुवै गीत सन्देशका हिसाबले राम्रो भएपनि शीर्षक अपाच्य भएको भन्दै सामाजिक सञ्जालमा आलोचोना भएको थियो।

सम्बन्धित समाचार

देश बिगार्ने नेता, संस्कृति बिगार्ने कलाकार!

यि हुन् तीजको मौलिकता ध्वस्त पार्ने कलाकारहरु

यस वर्षका उत्कृष्ट मौलिक तीजगीतहरु (भिडियोसहित)

विकृतिलाई टेवा पुग्ने भन्दै रामजी खाँडले हटाए गीत