वितेको २४ घण्टामा २४६ जना कोरोना संक्रमित थपिए



काठमाडौँ। आइतबार नेपालमा वितेको २४ घण्टामा २४६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा भएको ८ हजार ८३१ स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन्।

कुल संक्रमितको संख्या २० हजार ३३२ जना पुगेका छन्। आइतबार कोरोना संक्रमण निको भएर १११ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ जना रहेका छन्। कोरोना संक्रमणका कारण आइतबारसम्म ५७ जनाको मृत्यु भएको छ।

कहाँकहाँ थपिए संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ८१ जनामा संक्रमण पुष्टि भएको छ। धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०/१०, ललितपुर र स्याङ्जाका ८/८ जना तथा महोत्तरी र कास्कीका ५/५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै नवलपुर र लम्जुङका ३/३ जना, सर्लाही, रौतहट र तनहुँका २/२ जना तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ।