file photo
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।
आइतबारको मौसम पूर्वानुमान जारी गर्दै मौसम विज्ञान विभागले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरु बर्षा भइरहेको जानकारी दिएको छ।
आइतबार दिउँसो दशैभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ।
साथै, प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका र एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।
यस्तै राति, देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १ र गण्डकी प्रदेश एक९दुई स्थानमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरिएको छ।