कैलाली। सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बिका थापा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकी छिन।
धनगढी उपमहानगरपालिकाको वडानम्बर ८ स्थित बुद्धचोकमा उनी सवार मोटरसाइकललाई पछाडिबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनको टाउकोमा चोट लागेको र ठक्कर दिने मोटरसाइकल फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
उनको अहिले धनगढीस्थित मायाँ मेट्रो अस्पतालमा उपचार भइरहेको छ। टाउकोमा गम्भीर चोट लागेकाले उनलाई काठमाडौं लैजाने तयारी भएको छ। अछाम घर भएकी थापा नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन्।
सांसद थापाको अवस्था बुझ्न अस्पतालमा मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुन थापा, उपसभामुख निर्मला बडाल जोशी, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लगायत अन्य प्रदेशसभाका सदस्य पुगेका छन।