हमालको नेतृत्वमा ‘विकृति-विसंगति न्युनिकरण कार्यदल’ गठन



काठमाडौँ। नेपाली गीत संगीतमाथि प्रहार हुन थालेको भन्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले असमाजिक कार्यहरु नियन्त्रण गर्न १३ सदस्यीय ‘ विकृति-विसंगति न्युनिकरण कार्यदल’ गठन गरेको छ।

सर्जक तथा गयाक शिव हमालेको नेतृत्वमा नव गठित कार्यदलले नेपाली साँस्कृतिक क्षेत्रमाथिको हमला रोक्न के कस्तो काम गर्ला ? त्यो भने हेर्ने बाँकी नै छ। तर, प्रतिष्ठिानले चालेको कदम भने निक्कै सह्रानिय रहेको जानकारहरु बताउछन्।

कार्यदलले सस्तो लोकप्रियताका लागि असामयिक गतिविधिहरु गर्ने कलाकारलाई कालो सुचिमा राख्ने, प्रतिष्ठानका गतिविधिमा संलग्न हुन नपाउने र प्रतिष्ठानबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाहरुबाट बञ्चित गराउने छ।

यो पनि पढ्नुहोस्

देश बिगार्ने नेता, संस्कृति बिगार्ने कलाकार!

विकृतिलाई टेवा पुग्ने भन्दै रामजी खाँडले हटाए गीत

प्रतिष्ठानका अध्यक्ष रमेश बीजीको अध्यक्षतामा शुक्रबार बसेको प्रतिष्ठानको केन्द्रीय समितिको बैठकले विदेश जानको लागि चाहिने सिफारिससमेत रोक लगाइने र संस्थाले दिने अधिकारबाट बन्चित गराइने निर्णयसमेत गरेको छ।

प्रतिष्ठानका उप-महासचिवसमेत रहेका हमालको संयोजकत्वमा बनेको कार्यदलको सहसंयोजकमा हरि डाँगी, कृष्ण रेउले, पी.एन सापकोटा, रहेका छन्। त्यस्तै सदस्यहरुमा गायक कुलेन्द्र विश्वकर्मा, पूर्णकला बि.सी, महेन्द्र गौतम, अञ्जली अधिकारी, युवराज मगर, जमुना राना, बिमल अधिकारी, प्रकाश भट्टलगायतका कलाकार रहेका छन्।

प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सद्भावमा खलल पु¥याउने एवं नियतवस दुई अर्थी अपाच्य शब्द सामग्री प्रयोग गर्ने, श्रष्टा सर्जक कलाकारहरुलाई प्रतिष्ठानले कालो सुचीमा नामांकित गरी प्रतिष्ठानका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने र प्रतिष्ठानबाट प्राप्त हुने सम्पूर्ण सेवा सुविधाहरुबाट वञ्चित गराउने निर्णय गरिएको छ।

तीज गीतको मर्मलाई जोगाई राख्न त्यसबाट निकालिएका खाटी तीज गीतहरुको पहिचान गरी सम्मान प्रदान गर्नेसमेत निर्णय गरिएको छ।’