काठमाडौँ। निरन्तर वर्षको कारण नेपालीहरुको जन जीवन प्रभावित बनेको छ। देशका विभिन्न स्थानहरुमा पहिरो खस्नेदेखि डुवानसम्मका प्रकोपहरुले जनजीवन प्रभावित बनेको हो। जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ।
हममज शनिवार देशभर मनसुनी वायुको प्रभाव परेकाले सामान्य बदली भइ केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ।
यसका साथै साथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको छ। यसैगरी, शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यस्तै, देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ।