काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री एवं कांग्रेसको कोभिड-१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले परीक्षणको दायरा घटाएर सरकारले कोरोना संक्रमण कम भएको भ्रम छरेको आरोप लगाएका छन्।
समितिले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै नेता महतले पटकपटक ध्यानाकर्षण गराउँदा पनि परीक्षणको दायरा फराकिलो नबनाएको र कांग्रेसले दिएको सुझावहरुलाई सरकारले गम्भीरताका साथ नलिएको आरोप लगाएका हुन्।
‘परिक्षणको दायरा घटाएर संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरिरहेको बताउँदै समितिका संयोजक डा.महतले सरकारले लडाउनको अवधिलाई महामारी नियन्त्रण र यसपछि जनजीवन सहज बनाउनेतर्फ पर्याप्त ध्यान नदिएको र लकडाउन खोल्दा पनि तदर्थवादी र अनुत्तरदायी व्यवहार प्रदर्शन गरेको बताए।
लकडाउन खोल्ने निर्णय गरी राख्दा सार्वजनिक स्थल, होटल, रेष्टुरेन्ट, कार्यालय, कलकारखाना व्यवसाय, शैक्षिक संस्थाहरु, सार्वजनिक यातायातहरुमा अपनाउनु पर्ने सुरक्षा प्रोटोकल र कार्यान्वयन गर्ने तयारीका बारेमा सरकार मौन रहेको नेता महतको भनाई छ