एसिड आक्रमणको अभियोगमा पक्राउ परेका युवक सार्वजनिक



काठमाडौँ। बिहीबार साँझ राजधानीको सीतापाइलामा बस्ने २२ वर्षीया युवतीमाथि एसिड प्रहारको अभियोगमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

ओखलढुङ्गा स्थायी घर भएकी पवित्रा कार्कीलाई एसिड प्रहार गर्ने रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

प्रहरीले उनीहरुलाई बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ गरेको थियो। युवती कार्कीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि मोहम्मदले उनलाई एसिड प्रहार गर्ने योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धामा खुलेको छ।